• मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • बिज्ञहरुको छलफल
  • मन्त्रिपरिषद् बैठक
  • कार्यालय भवन
  • मेलौली भगवती मन्दिर
  • उग्रतारा मन्दिर
  • रामारोशन क्षेत्र
  • शुक्लाफाटा राष्ट्रिय निकुन्ज
  • अपि हिमाल
  • खप्तड राष्ट्रीय निकुन्ज
  • शैलेश्वरी मन्दिर
  • वडिमालिका मन्दिर


 प्रदेश परिचय

१.भौगोलिक परिचय

नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका महाकालीअञ्‍चलका ४ जिल्ला र सेती अञ्चलका ५ जिल्लाको सुदूरपश्चिम प्रदेश  कायम भयो ।भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि टुन्ड्रा) हावापानीविद्यमान रहेको छ ।

क)अवस्थिति

यो प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तरका सम्म फैलिएको छ ।यस प्रदेशकोसबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ । 

ख) क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१वर्ग कि.मि. मध्ये सुदुरपश्चिम प्रदेश  ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७%क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७,९३२.८३४वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराईभू-भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमालि भु-भाग बढी रहेकोछ ।यो प्रदेश नेपाल राज्यको करीब पश्चिम भागमा पर्दछ । यो प्रदेशका २  जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी)  पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन ।

ग)सिमाना

यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा ५ न. प्रदेशको बर्दिया जिल्ला पर्दछ ।पश्‍चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ ।

२.राजनैतिक प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्‍चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्‍चलका बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् ।१ उप-महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन् ।

प्रदेशको राजनैतिक तथा प्रशासनीक विभाजन:

क्र.स. जिल्ला स्थानीय तहको सँख्या निर्वाचन क्षेत्र कैफियत
नगरपालीका गाउँपालीका प्रतिनिधि सभा प्रदेश सभा
     १

दार्चुला

          २            ७             १          २  

बैतडी

 

डडेल्धुरा

 

कञ्चनपुर

 

बझाङ्ग

१०

 

बाजुरा

 

डोटी

 

अछाम

 

कैलाली

१०

१ उपमहा न.पा.

                                   

                                                                                                                श्रोत: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

३.जनसांख्यिकीय विवरण

२०६८ सालको जनगणना अनुसार नेपालकोकुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २,५५२,५१७रहेको छ जुनकुल जनसंख्याको ९.६३% हुन आउँछ ।यस मध्ये पुरुषको जनसंख्या १२,१७,८८७र महिलाको जनसंख्या १३,३४,६३० रहेको छ।

क)भौगोलिकताको आधारमा जनसंख्याको वितरण

भौगोलिक क्षेत्रको आधारमा सुदूरपश्चिम प्रदेशको जनसंख्या हिमाली क्षेत्रको जनसंख्या ४,६३,३४५(१८.१६%), पहाडी क्षेत्रको जनसंख्या ८,६२,२१५(३३.७८%) र तराई क्षेत्रको जनसंख्या १२,२६,९५७ (४८.०६%) रहेको छ।

क्षेत्र जनसंख्या क्षेत्रफल(वर्ग कि.मि.) जनघनत्व(जना/ व.कि.मि.

हिमाली

४,६३,३४५

७,९३२.८३४

५८

पहाडी

८,६२,२१५

६,७४८.७७०६

१२८

तराइ

१२,२६,९५७

४८५७.३९५४

२५३

जम्मा

२,५५२,५१७

१९,५३९

१३१

४. प्रमुख नदीनाला र तालहरु

यस प्रदेशका प्रमुख नदीहरुमा सेती नदी र महाकाली हुन अन्य सहायक नदीहरुमा चमेलीया, बुढीगंगा, दरगंगा, सुर्नाया, ढिकगाड, होपरीगाड, रंगुन, डोटेली गाड, स्पालगाड, खुवटया, मोहना, श्चशसैया, बानरा, आदि हुन । यस क्षेत्रका पर्ने प्रमुख तालहरुमा कैलाली जिल्लाघोडाघोडी ताल विश्व सम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रुपमा परिचित हुनुका साथै धार्मिक दृविकोणबाट समेत प्रर्सिद्ध छ । कञ्नपुर जिल्लामा रहेको झिलमिला ताल, बेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाक ...

सबै हेर्नुस

 माननीय मुख्यमन्त्री

त्रिलोचन भट्ट

माननीय मुख्यमन्त्री

थप जानकारी

 प्रमुख सचिव

नारायणप्रसाद विडारी

प्रमुख सचिव

थप जानकारी

 सचिव

यज्ञप्रसाद भट्टराई

सचिव (कानून)

 सचिव

प्रदीपराज कणेल

सचिव (प्रशासन)

 सचिव

.............................

सचिव (प्रशासन)

 .............

.............................

उप सचिव

मोबाइल: .............................

ईमेल: .............................

 प्रवक्ता

देबेन्द्र बहादुर कार्की

उप सचिव

मोबाइल: ९८४१२६७४३१

ईमेल: dbkarki051@gmail.com

 गुनासो अधिकारी

गम्भिर सिंह विष्ट

शाखा अधिकृत

मोबाइल: ९८५१०९०७४०

ईमेल: gambhirsinghbist@gmail.com