प्रदेश परिचय

१.भौगोलिक परिचय

नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका महाकालीअञ्‍चलका ४ जिल्ला र सेती अञ्चलका ५ जिल्लाको सुदूरपश्चिम प्रदेश  कायम भयो ।भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि टुन्ड्रा) हावापानीविद्यमान रहेको छ ।

क)अवस्थिति

यो प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तरका सम्म फैलिएको छ ।यस प्रदेशकोसबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ । 

ख) क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१वर्ग कि.मि. मध्ये सुदुरपश्चिम प्रदेश  ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७%क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ७,९३२.८३४वर्ग कि.मि. (४०.६०%), पहाडी भू-भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराईभू-भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमालि भु-भाग बढी रहेकोछ ।यो प्रदेश नेपाल राज्यको करीब पश्चिम भागमा पर्दछ । यो प्रदेशका २  जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी)  पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन ।

ग)सिमाना

यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा ५ न. प्रदेशको बर्दिया जिल्ला पर्दछ ।पश्‍चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ ।

२.राजनैतिक प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्‍चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्‍चलका बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् ।१ उप-महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन् ।

प्रदेशको राजनैतिक तथा प्रशासनीक विभाजन:

क्र.स. जिल्ला स्थानीय तहको सँख्या निर्वाचन क्षेत्र कैफियत
नगरपालीका गाउँपालीका प्रतिनिधि सभा प्रदेश सभा
     १

दार्चुला

          २            ७             १          २  

बैतडी

 

डडेल्धुरा

 

कञ्चनपुर

 

बझाङ्ग

१०

 

बाजुरा

 

डोटी

 

अछाम

 

कैलाली

१०

१ उपमहा न.पा.

                                   

                                                                                                                श्रोत: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

३.जनसांख्यिकीय विवरण

२०६८ सालको जनगणना अनुसार नेपालकोकुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २,५५२,५१७रहेको छ जुनकुल जनसंख्याको ९.६३% हुन आउँछ ।यस मध्ये पुरुषको जनसंख्या १२,१७,८८७र महिलाको जनसंख्या १३,३४,६३० रहेको छ।

क)भौगोलिकताको आधारमा जनसंख्याको वितरण

भौगोलिक क्षेत्रको आधारमा सुदूरपश्चिम प्रदेशको जनसंख्या हिमाली क्षेत्रको जनसंख्या ४,६३,३४५(१८.१६%), पहाडी क्षेत्रको जनसंख्या ८,६२,२१५(३३.७८%) र तराई क्षेत्रको जनसंख्या १२,२६,९५७ (४८.०६%) रहेको छ।

क्षेत्र जनसंख्या क्षेत्रफल(वर्ग कि.मि.) जनघनत्व(जना/ व.कि.मि.

हिमाली

४,६३,३४५

७,९३२.८३४

५८

पहाडी

८,६२,२१५

६,७४८.७७०६

१२८

तराइ

१२,२६,९५७

४८५७.३९५४

२५३

जम्मा

२,५५२,५१७

१९,५३९

१३१

४. प्रमुख नदीनाला र तालहरु

यस प्रदेशका प्रमुख नदीहरुमा सेती नदी र महाकाली हुन अन्य सहायक नदीहरुमा चमेलीया, बुढीगंगा, दरगंगा, सुर्नाया, ढिकगाड, होपरीगाड, रंगुन, डोटेली गाड, स्पालगाड, खुवटया, मोहना, श्चशसैया, बानरा, आदि हुन । यस क्षेत्रका पर्ने प्रमुख तालहरुमा कैलाली जिल्लाघोडाघोडी ताल विश्व सम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रुपमा परिचित हुनुका साथै धार्मिक दृविकोणबाट समेत प्रर्सिद्ध छ । कञ्नपुर जिल्लामा रहेको झिलमिला ताल, बेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बिचमा रहेको खप्तडताल यस क्षेत्रको प्रमुख पयिटकीय आर्कषणको रुपमा रहेको छ ।

५. प्रमुख धार्मिक स्थलहरु

यस प्रदेशमा थुप्रै धार्मिक स्थलहरु रहेका छन । जसमध्ये डोटीको खप्तड, अछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको तपोवन, ऋषिकुण्ड र सुर्मासरोबर, बैतडीको रौलाकेदार र सिगास, दार्चुलाको मार्लकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, कैलालीको बेहडाबाबा आदि हुन ।

यस क्षेत्रका प्रमुख मन्दीरहरुमा बाजुरामा बडीमालिका, बझाङमा सुर्मादेबी, जल्फादेबी, मष्टा र दुर्गा, दार्चुलाको मार्लकार्जुन, लटीनाथ, गल्लाकेदार, बैतडीको त्रिरपुरासुन्दरी, निङ्गलासैनी, जगन्नाथ, ईश्वरी गंगाधाम, कृष्णमन्दिर, महारुद्र, मेलौली भगवती, ग्वालेक केदार र राताशिला, डडेल्धुराको उग्रतारा, भागेश्वर, घण्टेश्वर, डोटीघटाल र बेताल, अछामको बैजनाथ, बर्मादेवी, डोटीको शैलेश्वरी, केदार, लानाकेदारेश्वर, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ र विष्णु मन्दिर, कैलालीको गोदावरी,वनदेवी, बेंहणा बाबा तथा नैनादेवी आदि प्रमुख हुन।

६.प्रमुख पर्यटक स्थलहरु

यस क्षेत्रका प्रमुख पर्टक स्थलहरुमा खप्तड, बुढीनन्दा देवी, शुक्लाफाटा, सुर्मासरोबर ताल, महाभारतपर्वत, घनघश्यालेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेतकोट, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, मेलौली भगवती,उग्रतारा मन्दिर, टिकापुर पार्क,अपि हिमाल, रामारोशन क्षेत्र,दोधाराचादनी झोलुङ्गे पुल,कर्णाली पुल आदि पर्दछन ।                       

                                                                                श्रोत: क्षेत्रीय कृषि निर्देशनालय, दिपायल तथा केन्द्रीय तथ्याङ्क विभाग