माननीय मुख्यमन्त्री

७ नं.प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट "संकल्प" को राजनीतिक यात्रा

नाम : श्री त्रिलोचन भट्ट
जन्म मिति: २०२६ जेठ ७ गते
ठेगाना: के.आई.सिंह गाउँपालिका -६, फलेडी, डोटी
बुवा: स्व.प्रसाद भट्ट
आमा: शारदा देबी भट्ट
दाजु: ३ जना
भाई: १ जना
दिदी:
श्रीमतीको नाम: दुर्का देबी भट्ट
बिवाह भएको मिति: २०५२ मंसिर २० गते
छोरा: विकास भट्ट (१७ बर्ष)
छोरी: लक्ष्मि भट्ट (१५ बर्ष)
छोरी: पुष्पा भट्ट (१२ बर्ष)
प्रवास (भारत) मा नोकरी गर्न गएको: २०४२ सालमा

 

राजनीतिक आबद्धता :

  •     २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट सुरु भएको हो । तत्कालिन सामन्ती राज्य ब्यवस्थाका बिरुद्ध बिद्रोह र आफुले भोगेका समस्या अरु नेपाली युवाहरुले भोग्नु नपरोस भनेर संघर्षमा लागेको थिए ।
  •    २०४८ असार ३ गते अखिल भारत नेपाली एकता समाजको मुम्बई एरिया कोषाध्यक्षको जिम्मेवारी
  •    २०४९ जेठ २५ गते ने.क.पा.एकता केन्द्रको पार्टी सदस्यता प्राप्त ।
  •    २०५१-२०५२ मा आन्तरिक रुपले युद्धको तयारीका लागि प्रवासमा आर्थिक संकलन र ब्यवस्थापनको जिम्मेवारी ।
  •    २०५१ बैशाख २ गते ने.क.पा. माओबादीको ईलाका सदस्य, २०५४ बैशाख मा अखिल भारत नेपाली एकता समाज   नवौ मुम्बई नगर कमिटि कोषाध्यक्षको जिम्मेवारी ।
  •    २०५५ सालमा युवा संघ जिल्ला सदस्य ।
  •    २०५६ मा महाराष्ट्र राज्यको कलाकार समूहमा आबद्ध भई सांस्कृतिक क्षेत्रमा संलग्न ।
  •    २०५७ जेठ ५ गते अखिल भारत नेपाली एकता समाज महाराष्ट्र समिति कोषाध्यक्षको जिम्मेवारी ।
  •    २०५७ असार ५ गते नेकपा माओबादीको जिल्ला सदस्य भएपछि जागिर छोडेर पूर्णकालिन युद्धमा संलग्न ।
  •    २०५८ सालमा नेपालमा संकटकाल लागेपछि भारत सरकारद्धारा एकता समाजलाई प्रतिबन्ध लगाएपछि गठित नेपाली जनअधिकार सुरक्षा समितिको राज्य संयोजकको जिम्मेवारी ।
  •    २०५९ सालमा पार्टी क्षेत्रिय ब्यूरो सदस्य र २०६० मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी ।
  •    २०६१ साल मंसिरमा प्रवासबाट नेपाल आई २०६२ सालमा डोटीमा जिल्ला सेक्रेटरीको जिम्मेवारी ।
  •    २०६३ सालमा नेकपा माओबादीको डोटी जिल्ला सह ईन्चार्ज ।
  •    २०६४ सालमा डोटी जिल्ला ईन्चार्जको जिम्मेवारी ।
  •    २०६४ को पहिलो संबिधानसभा निर्वाचनमा नेकपा माओबादीको तर्फबाट डोटी क्षेत्र नं.१ बाट संबिधानसभा सदस्य निर्वाचनमा प्रत्येक्ष तर्फको उम्मेदवारी ।
  •    २०६५ सालमा सेती महाकाली राज्य समिति सचिवालय सदस्य ।
  •    २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा एकिकृत नेपाल कम्यूनिष्ट पार्टी माओबादीको तर्फबाट डोटी क्षेत्र नं.२ बाट दोस्रो संबिधानसभा सदस्य निर्वाचनमा प्रत्येक्ष तर्फको उम्मेदवारी ।
  •    २०७३ सालमा नेकपा माओबादी केन्द्रको केन्द्रीय सदस्य ।
  •    २०७४ सालदेखी हालसम्म नेकपा माओबादी केन्द्रको पोलिटब्यूरो सदस्यको जिम्मेवारीसहित डोटी जिल्ला ईन्चार्जको जिम्मेवारी ।
  •    २०७४ मंसिर २१ गते प्रदेश सभा सदस्य निर्वाचनमा डोटी प्रदेशसभा (ख) बाट उम्मेदवार बनी निर्वाचित भएको ।
  •    २०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपत ग्रहण ।
  •    २०७४ माघ २९ गते माओबादी केन्द्रको तर्फबाट प्रदेशसभामा दलको नेता चयन ।
  •    २०७४ फागुन ३ गते ७ नं.प्रदेश प्रमुख मोहनराज मल्ल ज्यूबाट ७ नं.प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
  •    २०७४ फागुन ५ गते प्रदेश नं.७ को मुख्यमन्त्रीको सपत ग्रहण ।
  •    २०७४ फागुन ६ गते प्रदेश नं.७ को मुख्यमन्त्रीको पदभार ग्रहण ।
  •    हाल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को केन्द्रीय सदश्य तथा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को तर्फबाट प्रदेश सभामा दलको नेता ।

सन्देश

       " हिमाल,पहाड र तराईको सुन्दर परिवेश भाषा,संस्कृति,जलश्रोत र जडीबुटीको धनी प्रदेश "